खेलकुदको प्रदेश राजधानी नेपालगन्ज

बाँके । प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकिएसँगै नेपालगन्जमा रहेका क्षेत्रीय कार्यालय विस्थापित भईरहँदा खेलकुदको प्रदेशस्तरीय राजधानी भने नेपालगन्जमा हुने भएको छ ।  राष्ट्रिय खेलकुद परिषद्ले अहिलेको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिलाईनै प्रदेश ५ स्तरीय खेलकुद विकास समितिको रुपमा जिम्मेवारी प्रदान गरेको  छ । साविकको क्षेत्रीय खेलकुद विकास समितिमा कर्णाली अञ्चलका सहित १५ जिल्लाको सहभागिता थियो । अहिले पनि क्षेत्रीय खेलकुद विकास समितिको कार्यसमितिमा ती जिल्लाका पदाधिकारी रहेका छन् ।

तर, प्रदेश ५ खेलकुद विकास समितिको जिम्मेवारी आएपछि प्रदेश ६ अन्तर्गत पर्ने जिल्लाका पदाधिकारीहरुको जिम्मेवारी प्रदेश ६ मै गएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका भएको अध्यक्ष भीम ओलीले बताए । प्रदेश ६ मा राष्ट्रिय खेलकुद विकास समितिका सदस्यको संयोजकत्वमा प्रदेशस्तरीय खुलकुद विकास समिति बनेको छ ।  प्रदेशस्तरीय खेलकुद विकास समितिको जिम्मेवारी पाएसँगै समितिले सोमवारबाटै प्रदेशस्तरीय प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्स नेपालगन्जमा सुरु गर्दैछ । मध्यपश्चिम खेलकुद विकास समितिको नामबाटै आयोजना भएपनि प्रतियोगितामा प्रदेश ५ का १२ जिल्लाको सहभागिता रहने छ । ‘अन्य क्षेत्रको राजधानी बुटवल भए पनि खेलकुदको प्रदेश राजधानी नेपालगन्ज हो, हामीलाई जिम्मेवारी आईसकेको छ।’–मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले भने–‘यो नेपालगन्ज लगायत बाँके बर्दिया क्षेत्रकै लागि खुसीको कुरा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *