पशुपति मावि र जनज्योती हाईस्कुल फाईनलमा

बाँके । मेयर कप अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्तरगत १४ बर्ष मुनीको समूहतर्फ पशुपति मावि र जनज्योती हाईस्कुल फाईनलमा पुगेका छन् । बुधबार भएको सेमिफाईनलमा अमर माविलाई हराउँदै पशुपतिले फाईनलको यात्रा तय गर्दा जनज्योतिले भु.पु सैनिकविरुद्ध जीत दर्ता गर्दै उपाधिको दौडमा आफूलाई कायमै राखेको छ ।
सेमिफाईनलमा अमर माबि बिरुद्धको खेलमा पशुपतिका खेमराज शाही र अनिल थारुले एक÷एक गोल गरे । त्यस्तै भु.पु सैनिकविरुद्ध जनज्योतिका गिफ्ट पाण्डेले दुई, नविन वीसीले दुई तथा निश्चल भट्टराईले एक गोल गरेका थिए । चौध बर्ष मुनीको समूहमा पशुपति र जनज्योतिबीच पाँच गते विहान उपाधीका लागि प्रतिस्पर्धा हुने छ । उता सिनियर ब्वाईजतर्फ यसअघि नै जीभीएन कलेज र जनज्योति पब्लिक हाईस्कुलले फाईनलको यात्रा तय गरिसकेका छन् । सिनियरतर्फको फाईनल ४ गते दिउँसो ३ बजेदेखि संचालन हुने छ । सिनियर छात्रातर्फ बुधबार दिउँसो भएको पहिलो खेलमा जनज्योति हाईस्कुलले मुनतारालाई शून्यका विरुद्ध सात गोलले पराजित गरेको छ । जनज्योतिको तर्फबाट अंजली चौधरी, बिरमाया चौधरी, निर्मला बस्नेतले क्रमशः २÷२ गोल तथा मोनिका जिएमले १ गोल गरेका थिए ।
त्यसैगरि दोस्रो खेलमा अमर माबि बिजयी भएको छ । अमर माबिले गुराँस चाईल्डलाई शून्यको बिरुद्ध १ गोलले पराजित ग¥यो । अमरमाबिको तर्फबाट सपना सुनारले गोल गरेकी थिईन । छात्रातर्फको खेल लिगका आधारमा खेलाईएको छ । प्रत्येक टोलीले तीन वटा म्याच खेल्ने र सबैभन्दा बढी अंक प्राप्त गर्ने टोली विजेता घोषित हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *