अन्तराष्ट्रिय स्तरको प्रि स्कुल सञ्चालनमा

बाँके । नेपालगन्जमा पहिलो पटक यू एस प्रविधिमा पढाई हुने अन्तराष्ट्रिय स्तरको प्रि स्कुल सञ्चालनमा आएको छ । नयाँ शैक्षिक सत्र बाट किन्डर पिलर नामबाट सञ्चालनमा आएको स्कुलमा अहिले प्ले गु्पमा पढाई भईरहेको छ । यस प्रि स्कुलमा यू एस पाठयक्रम अनुसार पढाई गरिने विद्यालयलका प्रमुख उमा श्रेष्ठले बताईन ।

शनिबार पत्रकार सम्मेलन मार्फत स्कुलको बारेमा जानकारी गराउदै प्रमुख श्रेष्ठले भनीन्– ‘पढाई सँगै आत्मनिर्भर बन्ने किसिमको शिक्षा हामीले दिने हो र अन्य स्कुल भन्दा फरक किसिमको शिक्षा दिदै आएका छौँ ।’
कार्यक्रममा स्कुलका प्रिन्सिपल मन्जु बिष्टले अहिले टोल्डर्स, प्ले गु्रप , नर्सरीमा पढाई भईरहेको र अर्को वर्ष बाट सिनियर केजि र जुनियर केजि सञ्चालनमा आउने जानकारी दिईन ।
उनले यो स्कुल मन्टेश्वरी नभएर प्रि स्कुल किन्डर पिलर भएको भन्दै भनिन्–‘यो स्कुल अन्य मन्टेश्वरी जस्तो आफ्नै पाठयक्रममा पढाउने नभई यु एस पाठयक्रम अनुसार पढाई हुने फरक स्कुल हो । यस स्कुलमा फरक किसिमको पाठयक्रम अनुसार पढाई हुने गर्दछ ।’


यो स्कुल काठमान्डौमा पाँच वटामात्र भएको अन्य एक दुई जिल्ला बाहेक कतै नभएको स्कुलका प्रमुख उमा श्रेष्ठले बताईन । यसको प्रमुख कार्य भारतको चन्डिगढमा रहेको छ । जसका संस्थापक एलेन बुथ चर्च (ELLEN Booth Church) हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *