रुख ढल्दा विद्यालयमा क्षति

सुर्खेत । सुर्खेतको एक विद्यालयमा हिजोको हावाहुरीले क्षेति पुर्याएको छ । हिजो आएको हावाहुरीले रुख ढलेपछि चौकुने गाउँपालिका वडा नं. १० मा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको छात्राबास र मन्दिरको छाना भत्किएको छ ।
हावाहुरीका कारण विद्यालयको सरस्वती मन्दिर र छात्राबासको छाना भत्केपछि विद्यार्थीलाई समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम विकले जानकारी दिए।
उनका अनुसार छात्राबासको छाना भत्किएपछि त्यहाँ बस्ने शिक्षक र विद्यार्थी नजिकैका घरमा बसेका छन् । हावाहुरी आएका बेला विद्यार्थी र शिक्षक चौरमा गएका कारण उनीहरुको ज्यान जोगिएको अध्यक्ष विकले बताए ।  विद्यालयमा झण्डै पाँच सय विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *