सुर्खेतमा तीनजना जुवाडे पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइलीमा जुवा खेलिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कालिप्रसाद शाक्यको घरमा जुवा खेलिरहेका शाक्य सहित स्थानिय बलबहादुर राना र दानबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनीहरुको साथबाट ३४ हजार पाँच सय रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *