नरैनापुरका अग्नीपीडितलाई राहत वितरण

बाँके। बाँकेको नरैनापुर गाउँपालिका–६ जमुनीका अग्नीपीडितलाई बिहिवार राहत वितरण गरिएको छ । पीडितहरुलाई गाउँपालिकाका तर्फबाट राहत स्वरुप ५० किलो चामल, ५ किलो दाल, १ किलो नुन र १ लिटर तेलका साथै प्रति परिवार २ हजार रुपैयाँ वितरण गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।
थप सहयोग र राहतका लागि जिल्ला दैबी प्रकोप उद्दार समिति र विभिन्न संघसंस्थाँंग आग्रह गरिएको अध्यक्ष शाहले बताए । बुधबार भएको आगलागीमा १३ घर जलेर ध्वस्त भएका थिए भने ३ घरमा आंशिक क्षति पुगेको थियो । फुसले छाएका, जोडिएका घरहरु र आवश्यक सावधानी नअपनाउँदा गर्मीयाममा नरैनापुर क्षेत्रमा हरेक बर्ष आगलागी हुने गरेको छ । जीर्ण सडकका कारण सदरमुकाम नेपालगञ्जबाट समयमै दमकल पुग्न नसक्दा क्षति बढी हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *