नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ को सडकमा सरसफाई

बाँके । फोहोर व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ को सडकमा डस्टवीन राखिएको छ । वडा नं ४ को कार्यालयले बिहिबार सडकमा सरसफाई गर्नुका साथै सडक पेटीमा ६ वटा डस्टवीन राखेको हो । केस संस्थासँगको सहकार्यमा वडा नम्बर ४ को घोसी टोलदेखि सल्यानीवंगला टिवी अष्पताल सम्मको  सडक किनारमा सरसफाई गरेको छ । सरसफाई कार्यक्रममा बोल्दै वडा नम्बर ४ का अध्यक्ष मो. सफिक वेहनाले फोहर व्यवस्थापनका लागि स्वयं स्थानीयले नै फोहोर व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको बताएका छन् । घोसी टोलमा झाडु लगाएर सरसफाईको सुरुवात गरेका अध्यक्ष वेहनाले स्थानीय वासिन्दालाई टोलमा फोहोर नगर्न समेत आग्रह गरेका छन् ।
त्यस्तै सरसफाई कार्यक्रममा केस संस्थाकी अध्यक्ष बालिकादेवी रावतले सरसफाईका लागि सबैको सामुहिक साथ चाहिएको भन्दै
फोहर डस्टवीनमा राखीदिन अपील गरेकी छिन । नेपालगन्ज उपमहानगरपालिकाका सरसफाई तथा बातावरण इन्जिनियर प्रकाश डीसीको समेत सहभागिता रहेको सरसफाई कार्यक्रममा उनले स्थानीय यूवा, विभिन्न क्लवको सहकार्य जरुरी रहेको भन्दै फोहर व्यवस्थापनमा सबैलाग्नु पर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *