नेपालगन्जमा वडा स्तरीय, वडा कप रात्रकालिन कबड्डी प्रतियोगिता हुने

बाँके । नेपालगन्जमा फेरी खुल्ला वडा स्तरीय वडा कप रात्रकालिन कबड्डी प्रतियोगिता हुने भएको छ । यही बैसाष २५ गतेदेखि संचालन हुने खुल्ला वडा स्तरिय कवड्डी प्रतियोगितामा देशभरका नेपाली नागरिकलाई खेलाउन सकिने बताएको छ ।मंगलबार भएको पत्रकार पत्रकार सम्मेलनमा आयोजकले खेल नकआउट सिस्तममा हुने जानकारी गराएको छ ।

खेलमा सहभागि हुने टिमलाई ५ हजार इन्ट्री फि राखिएको आयोजकले जानकारी गराएको छ । अहिलेको युवा अवस्थामा युवाहरुको क्षमतालाई वृद्धि गर्न, कबड्डीमा युवा आर्कषण बढाउन, कबड्डीलाई निरन्तरता दिन र राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नको लागि रात्रीकालिन कबड्डी प्रतियोगिता आयोजना गरेको नेपालगन्ज उपमहानगरपालिकाका वडा न ३ का अध्यक्ष मोहम्मद आयुव सिद्दिकीले जानकारी दिए। खेल सञ्चालन गर्न ४ लाख सम्म लाग्ने अनुमान रहेको आयोजकले बताएको छ। जसमा नेपालगन्ज उपमहानगरपालिकाले १ लाख सहयोग गरेको छ भने अरु प्रयोजन आफै खोज्ने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

खुल्ला वडा स्तरीय वडा कप रात्रकालिन कबड्डी प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, दोस्रो हुनेलाई २६ हजार, बेस्ट प्लेयरलाई ५ हजार र राईजिग प्लेयरलाई ५ हजार नगदको व्यवस्था गरेको समेत वडा अध्यक्ष सिद्दिकीले जानकारी दिए । कबड्डी प्रतियोगितामा सहज र सुरक्षा प्रदान गर्नको लागि सिसि क्यामराको जडान समेत गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *