भयरहित विद्यालय बनाउन शिक्षकहरुलाई प्रशिक्षित गराइँदै

बाँके । भर्ना अभियानसँगै बीचमा विद्यालय छाड्ने संख्यालाई कम गर्न भयरहित विद्यालय बनाउन शिक्षकहरुलाई प्रशिक्षित गराइँदैछ ।
बाँकेको जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकाकामा रहेका विद्यालयहरु भयरहित बिद्यालय बनाउनु शिक्षकलाई प्रशिक्षित गराउन थालिएको हो । विद्यालयमा सकारात्मक अनुशासन पद्दतिको बिकास गर्नका लागि संचालित लैङ्गिक संवेदनशील बाल संरक्षण प्रणालीको बृहत बिकास परियोजना अन्तर्गत एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई प्रशिक्षित गराउन थालिएको हो । दुइ वटै गाउँपालिकामा प्लान इन्टरनेशनलको सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपालको आयोजनामा बिद्यालयमा बालबालिकाहरुलाई टिकाइ राख्ने परियोजना संचालन गरिएको छ ।
तीन दिने तालिममा प्रशिक्षण गरिने बिषयबस्तु लागु भएमा बिद्यालयको शिक्षण सिकाईमा सहयोग पुग्ने खजुरा गाउँपालिकालका श्रोत व्यक्ति टंक दाहालले बताए ।
प्रशिक्षक समेत रहेका उनले साथै बीचमै बिद्यालय छाड्ने बिद्यार्थीको संख्यामा कमी आउने र बिद्यालयमा आउने समस्या, बाधाहरु हट्दै जाने बताए। तालिममा बाल अधिकार, बालमैत्री वातावरण, सकारात्मक अनुशासन तथा पुर्व बाल बिकास, भेदभाव न्युनिकरण, सामाजिक बिकासमा योगदान पु¥याउने पक्ष, असल व्यवहार निर्माण बिषयमा प्रशिक्षण गरिने छ । कार्यक्रमलाई जानकी गाउँपालिकाका श्रोत व्यक्ति मुनिर अहमद खाँले समेत सहजीकरण गर्ने स्याक नेपालकी टिमलिडर नेत्रकला शाही जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *