चौहरजारी नगरपालिकाले सामुदायिक विद्यार्थीलाई निःशुल्क पोषाक वितरण


रुकुम । रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाले ४१ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ मा अध्यनरत करिब पाँच हजार विद्यार्थीलाई नगरपालिकाले निशुल्क विद्यालय पोषाक उपलब्ध गराउन भएको छ ।
नगरपालिका अन्तर्गतका विद्यालयको पोषाकमा एकरुपता ल्याउन सामुदायिक विद्यालयप्रति विद्यार्थीलाई आकर्षित गर्नका लागि यो कार्य गर्न लागेको नगर प्रमुख बिशाल शर्माले जानकारी दिए । त्यस्तै आर्थिक अवस्था कमजोर भई छोराछोरीका लागि पोषाक किन्न नसक्ने अभिभाकहरुलाई मध्यनजर गर्दै निशुल्क पोषाक उपलब्ध गराउन लागिएको हो ।
पूर्व गृहमन्त्री तथा रुकुम(पश्चिम)बाट प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले पोशाक वितरण अभियानको सुरुवात वडा नम्वर ३ को जनज्योति आधारभुत विद्यालयबाट आज सुरुवात गरेका हुन । विद्यालयमा अध्यनरत १ सय ६० जना विद्यार्थीहरुलाई पोषाक वितरण गरेका थिए ।
यस अभियानका लागि ५५ लाख बजेट खर्च हुने अनुमान गरिएको छ । नगर प्रमुख शर्माका अनुसार प्रत्येक विद्यार्थीलाई सेतो रंगको सर्ट, निलो रंगको पाईन्ट, टाई र बेल्ट बितरण भैरहेको छ । एकहप्ता भित्रमा सबै बिद्यार्थीलाई पोषाक वितरण गरिसक्ने बताईएको छ । साथै यस शैक्षिक सत्रदेखि आधारभुत तहसम्मको शिक्षालाई निशुल्क बनाईने छ ।
समृद्ध चौरजहारी नगरपालिका निर्माणको लागि शिक्षा मेरुदण्ड रहेको भन्दै प्रमुख शर्माले शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षका लागि कुल बजेटको १४ प्रतिशत बजेट विनियोजन गरिएको बताए । ‘हामीले पहिलो नगरसभाबाट कुल बजेटको १४ दशमलव ४५ प्रतिशत अर्थात ४ करोड ८० लाख बजेट विनियोजन गरेका थियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *