सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका नेतासँग आज छलफल गर्न लाग्नुभएको छ।सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गर्नुभएको छ।

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको छ ।

समसामयिक विषयमा छलफलका लागि उहाँहरुलाई बोलाइएको बताइएको छ । बैठक अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजना गरिएको छ ।प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुख तथा कानून व्यवसायीसँग छलफल गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *