कोभिड–१९ विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिनुभयाे ।

उहाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नुहुने छ । मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गर्नुभयाे । भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । त्यही खोप प्रदेश प्रदेशमा पठाइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *