नेपालमा कोरोना भाइरसका २४० सङ्क्रमित थपिए

नेपालमा कोरोनाभाइरसका २४० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ८१९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २४० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ४७७ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ४४ जना सङ्क्रमित निको भइसकेका छन् ।

हाल चार हजार ५८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाभाइरसबाट दुई लाख ६७ हजार ५६ जना सङ्क्रमित भएका छन् ।पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९५४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

हाल चार हजार ५८ जना आइसोलेशनमा र २३१ जना क्वारेन्टिनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *