उद्योग वाणिज्य संघको आयोजनामा साईकल रेस प्रतियोगिता सम्पन्न

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा बुधबार साईकल रेस प्रतियोगिता सम्पन्न भएको छ । वाणिज्य संघको स्थापना दिवस मनाउने क्रममा पहिलो दिन साईकल रेस प्रतियोगिता आयोजना गरीएको हो । दिवसकै अवसरमा भोली बृहत्त रक्तदान कार्यक्रम तथा पौष १७ गते पूर्ब अध्यक्ष एवं संरक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम निर्धारण  गरिएको संघका  महासचिव  चिरञ्जीवी  ओलीले  जानकारी दिनुभयो।

बुधबार सम्पन्न साईकल रेस प्रतियोगितामा साईवान अलि दर्जी प्रथम, विवेक कुमार यादव द्धितीय, राम दर्शन यादव तृतीय हुनु भएको छ।

आफ्नो स्थापना दिवशमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने पूर्व निर्णय अनुसार उक्त कार्यक्रम आयोजना गरेको हो ।

अध्यक्ष अब्दुल वाहिद मन्सुरीका अनुसार स्थापना दिवशको अवसरमा बिभिन्न गतिविधिहरु आयोजना गर्ने निर्णय गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *