भेरी अस्पतालमा ९० शैयाको कोरोना विशेष वार्ड सन्चालनमा

बाँकेको भेरी अस्पतालमा ९० शैयाको कोरोना विशेष वार्ड सन्चालनमा आएको छ । कोरोना भाइरसका बिरामीहरुको उपचारकालागि अस्पतालमा थप ९० शैयाको वार्ड संचालनम आएको हो । यसअघि अस्पतालमा ७२ शैयाको कोरोना वार्ड अहिलेदेखी नै संचालनमा रहेको थियो । ९० शैया थपिएसँगै भेरीको कोरोना वार्डमा वेड संख्या १ सय ६२ पुगेको छ ।

शुक्रबार जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले एक कार्यक्रमका बिच कोरोना वार्डको उद्घाटन गर्नुभएकाे थियाे। जिल्ला समन्वय समिति र जिल्लाका ८ वटै स्थानीय पालिकाहरुको एक करोडको लगानीमा कोरोना वार्ड सन्चालनमा आएको कोभिड विशेष अस्पतालका संयोजक डा श्याम सुन्दर यादवले जानकारी दिनुभयाे ।

कोरोना वार्ड संचालनकालागि जिल्ला समन्वय समितिले ७५ लाख, नेपालगन्ज उपमहानगरपालिकाले ६ लाख २५ हजार, कोहलपुर नगरपालिकाले ३ लाख ७५ हजार, नरैनापुर गाउँपालिकाले २ लाख ७५ हजार तथा डुडुवा, खजुरा, जानकी, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले समान ५ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन ।

शुक्रबारदेखी संचालनमा आएको उक्त वार्डका सबै शैयामा अक्सिजनको सुविधा उपलब्ध भएको बताईएको छ । पश्चिम नेपालकै सबैभन्दा ठुलो अस्पतालका रुपमा रहेको भेरीमा अहिले ७ वडा कोभिड क्ष्ऋग् बेड संचालनमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *