नेकपाको दाहाल–नेपाल समूहले देशभर आन्दोलन गर्ने

नेकपाको दाहाल–नेपाल समूहले यही पुस १४ गते देशभर आन्दोलन गर्ने भएको छ। बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो।

बैठकले आन्दोलन समितिसमेत गठन गरेको छ। समितिका संयोजक प्रवक्ता नारायणकाजी श्रेष्ठलाई तोकिएको बताइएको छ।

नेकपाको यस समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार सबै केन्द्रीय सदस्यसहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *