
बर्दियाकी कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर ८ लक्ष्मणटोलकी ५८ बर्षीया महिलाको आज दिउँसो १२:५० मिनेट जादा भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि पुष ६ गते भेरी अस्पतालको प्रि-आइसोलेसन वार्डमा भर्ना भएकी उनको ७ गते स्वाब परिक्षण गर्दा ८ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि मृत्यु भएको हो ।
यो संगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको श्रेष्ठले जानकारी दिनुभयो ।