नेपालमा हालसम्म १८ लाख ८४ हजार १८१ जनाको पीसीआर परीक्षण

नेपालमा कोरोना भाइरसका ७२२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा सातहजार वटा आरटी पीसीआर परीक्षण गर्दा ७२२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

हालसम्म १८ लाख ८४ हजार १८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सात हजार ७२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९६६ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४५ हजार ७०९ जना निको भइसकेका छन् ।अहिलेसम्म नेपालमा ९६ दशमलब भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामातीन जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार ७९८ जनाको मृत्यु दर्ता गरिएको छ । मन्त्रालयले हाल सात हजार ९७६ जनामा आइसोलेशनमा रहेको र ४१३ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *