राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन, मध्यावधि निर्वाचन वैशाख १७ र २७ गते हुने

फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन र २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यो निर्णय गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गर्नु भएको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *