खजुरामा भुमि सम्बन्धि समस्या समाधान आयोगको इकाई स्थानपना

बाँकेको खजुरा गाउँपालिकाको भुमि सम्बन्धि समस्या समाधान आयोगको लगत संकलन इकाईको केन्द्रीय भुमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले आज उदघाटन गर्नु भयो ।

इकाई कार्यालयले गाउँपालिकामा रहेका भुमिहिन, सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गरेकाहरुको तथ्यांक गर्ने छ । केन्द्रीय आयोगले प्रदेश आयोगलाई स्थानीय तहसँग सम्झौता गरिएको भूमि सम्बन्धि समस्या समाधानको जिम्मेवारी दिइएको छ । आयोगका केन्द्रीय सदस्य दिनेश चन्द यादवको उपस्थित रहेको थियो ।

गाउँपालिका स्तरीय इकाईको शुभारम्भ कार्यक्रममा पालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आफुहरू निर्वाचनमा गरेको वाचा पूरा हुने भएकोले आफू लगायत सम्पूर्ण गाउँपालिका वासी खुसी भएको बताउनु भयो । यसअघि खजुरा गाउँपालिकाले प्रदेशसँग असार मसान्तसम्म लगत संकलन गरि पुर्जा समेत वितरण संझौता गरिसकेको छ । कार्यक्रम उपाध्यक्ष एकमाया वि।क।, प्रमुख प्रशासकीय अधिकृत मणीराम खराल लगाएत कर्मचारी र स्थानीय अगुवाको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *