लुम्बिनी प्रदेश भूमि सम्बन्धि समस्या समाधान आयोगले प्रदेशका ३३ वटा स्थानीय तहसँग भूमि सम्बन्धि समस्या समाधान गर्न आइतबार कार्यसम्झौता गरेको हो । बाँकेमा बैजनाथ गाउँपालिका,कोहलपुर नगरपालिका,नरैनापुर गाउँपालिका ,खजुरा गाउँपालिका ,राप्ती सोनारी गाउँपालिका ,जानकी गाउँपालिका संग कार्य सम्झौता गरिएको बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर एडीले जानकारी दिनु भयाे।
सम्झौता गरिएका लुम्बिनी प्रदेशका स्थानीय तह मध्य ३ उपमहानगर ,नगरपालिका र गाउँपालिका गरी कूल ३३ वटा छन् । भूमि सम्बन्धी समस्या समाधान गर्न स्थानीय तहलाई ६ महिनाको महत्वपूर्ण जिम्मेवारी दिएको छ प्रमुख प्रशासकीय अधिकृत एडी जानकारी दिनु भयाे । ६ महिनाको अवधिमा अव्यवस्थित बसोबासको तथ्याङक, एैलानी जमिनको तथ्याङक लिने संझौतापत्रमा उल्लेख गरिएको छ ।
संझौतापत्रमा जेठ दोस्रो साता प्रत्यक स्थानीय तहले सम्बन्धित जिल्ला समन्वय समितिमा आफ्नो स्थानीय तहको सम्पूर्ण विवरण बुझाउनु पर्ने छ ,सम्भवत असारमा भूमि सम्बन्धी समस्या समाधान आयोगले लालपुर्जा वितरण गर्ने आशा छ । सबै पालिकाका अध्यक्ष उपाध्यक्ष उपस्थितीमा र प्रमुख प्रशासकीय अधिकृतसँग कार्यसम्झौता गरिएकाे छ ।