बाँकेमा थप २६ जना संक्रमित कोरोना मुक्त भइ घर फिर्ता

शनिबार बाँकेका थप २६ जना संक्रमित कोरोना मुक्त भइ घर फिर्ता हुँदैछन ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का ७७ बर्षिय एक वृद्ध पुरुषसहित बाँकेका ११ महिला र १५ पुरुष गरी थप २६ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई मंसिर १७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ९३६ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा १६९ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ४ हजार १४५ रहेको छ भने १६ महिला र २४ पुरुष गरी ४० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *