नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुग्याे

पछिल्लो २४ घण्टामा एक हजार २१७ जना सङ्क्रमित थपिएका छन्। थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित भएको जनाएकाे हाे।

पछिल्लो चौबीस चौबीस घण्टामा एक हजार ६४ जना सङ्क्रमित निको भएका छन्।

हालसम्म दुई लाख ३१ हजार ६०१ जना सङ्क्रमित निको भइसकेका छन्।

यस्तै, हाल १२ हजार ३८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ। मन्त्रालयले हाल ५१५ जना क्वारेन्टिनमा रहेको पनि जनाएको छ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ। हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *