रोपियन (युइएफए) च्याम्पियन्स लिग फुटबलमा विश्व फुटबलका चर्चित हस्ती बार्सिलोना स्टार लियोनेल मेसी र क्रिस्टियानो रोनल्डो बुधबार राति पौने २ बजे एक अर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिँदैछन्।
रोनाल्डोले रियल छाडेपछि मेस्सी र रोनाल्डो सम्भवतस् पहिलोपटक मैदानमा देखिँदैछन्।
बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा बहुप्रतिक्षित खेलमा दुबै टिम च्याम्पियन्स लिगको समूह चरणको समूह जिमा एकै समूहमा रहेर दोस्रो पटक खेल्दैछन्। पछिल्लो पटक २९ अक्टोबरमा बार्सिलोनाले युभेन्टसलाई २–० ले पराजित गरेको थियो। यो खेलमा मेसीले पेनल्टीमार्फत १ गोल गरेका थिए।
यद्यपि कोरोना पोजेटिभ देखिएपछि रोनाल्डोले त्यो खेल खेलेनन्। यो समूहमा बार्सिलोना ५ खेलमा शतप्रतिशत जित निकाल्दै १५ अंकका साथ शीर्ष स्थानमा छ।युभेन्टसले भने बार्सिलोनाबाहेक सबै खेल जितेर १२ अंकका साथ दोस्रो स्थानमा छ। डायनोमो किब र फेरेन्वारोसको भने समान १ अंक छ।