सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिनुभयकाे छ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले ओलीको पत्र बाचन गरेर सुनाउनु भएकाे थियाे। प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार ओलीले आफ्नो पत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा छलफल गर्न नसक्ने आफ्नो मान्यता रहेकाले बैठकमा आउन नसक्ने बताउनु भएकाे छ।