बाँकेका ७७ बर्षिया महिलासहित थप २६ जना कोरोना मुक्त भइ डिस्चार्ज हुँदै

सोमबार बाँकेका थप २६ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जानकी गाउँपालिका वडा नम्बर ४ का ७७ बर्षिय एक वृद्ध महिलासहित बाँकेका १३ महिला र १३ पुरुष गरी २६ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन। उनिहरुलाई कात्तिक २८ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ५३० पुगेको छ।

विभिन्न आइसोलेसन केन्द्रमा १४३ जना सक्रिय संक्रमित उपचाररत छन्। बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ७११ रहेको छ भने ३८ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *