बाँकेमा दाङका थप दुईजना कोरोना संक्रमितको मृत्यु

फाइल फोटो

बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। दाङका दुई जना कोरोना संक्रमित पुरुषहरुको उपचारका क्रममा शनिबार राती र आइतबार बिहान कोहलपुरमा मृत्यु भएको हो।

घोराही उपनहानगरपालिका वडा नम्बर ९, बनगाउँ दाङका ६७ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार राती ११:५० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयाे।

श्रेष्ठका अनुसार, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमै दाङका अर्का एक संक्रमितको आइतबार बिहान मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, बेलुवाका ६८ बर्षिय पुरुषको उपचारका क्रममा आइतबार बिहान १:४० बजे मृत्यु भएको हो।

अस्पतालको कोभिड-१९ आइसोलेसन वार्डमा भर्ना भएका उनिहरुलाई उपचारका क्रममा अक्सिजन, रेमडिसिभर, सिप्याप, डेक्सोना, एन्टिबायोटिक्स लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि एकजनाको शनिबार राती ११:५० बजे र अर्काको आइतबार बिहान १:४० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको फोकल कोभिड पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयाे।

यो सङ्गै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *