बाँकेका विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत ४२ जना कोरोना संक्रमितको अवस्था चिन्तानजक

बाँकेका विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत ४२ जनाको अवस्था चिन्तानजक रहेको छ भने ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ४४ जना बाहिरी जिल्लाका र ३७ जना बाँकेका भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समितिका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयाे।

नेपालगञ्ज उपमहानगरपालिकाका ९ महिला र १५ पुरुष गरि २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसैगरि, कोहलपुरका ७, खजुराका दुई, जानकी, बैजनाथ, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक–एक जनाको मृत्यु भएको छ। डुडुवा गाउँपालिका अहिलेसम्म अछुतो छ।

बाहिरी जिल्लाबाट उपचारका लागि आएका मध्ये सवैभन्दा धेरै दाङबाट उपचारका लागि आएकाको मृत्यू भएको श्रेष्ठले बतानु भयाे। उहाले दाङका तीन महिला र १५ पुरुष गरि १८, बर्दियाका ८, कैलाली र कञ्चनपुरका चार–चार, सुर्खेतका ३, दैलेखका दुई, अर्घाखाँची, पश्चिम रुकुम, अछाम र रोल्पाका एक–एक जना कोरोना संक्रमितको उपचारको क्रममा बाँकेका आइसोलेशनमा मृत्यु भएको जानकारी दिनुभयाे।

बाहिरी जिल्लाबाट उपचार गराउन आएकाको अधिकांश शिक्षण अस्पतालमा मृत्यु भएको समेत जानकारी दिनुभयाे। उहाले बाहिरी जिल्लाका भेरी अस्पतालमा १७, शिक्षण अस्पतालमा २६ र वेष्टर्न अस्पतालमा एकको मृत्यु भएको बताउनु भयाे।

बाँकेमा एक जनाको क्वारेन्टाइनमा र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको छ भने, भेरी अस्पताल आइसोलेशनमा उपचाररत १९ र शिक्षण अस्पताल आइसोलेशनमा उपचाररत बाँकेका १६ जनाको मृत्यु भएको छ।

बाँकेको दुईवटा अस्पतालको कोरोना आइसोलेशनमा रहेका ४२ जना कोरोना संक्रमितको अवस्था चिन्ताजनक छ। भेरी अस्पतालको आइसोलेशनमा रहेका ७२ मध्ये ३२ जनाको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिनुभयाे।

शिक्षण अस्पताल कोहलपुर आइसोलेशनमा २७ पुरुष र १२ महिला ३९ जना भर्ना छन्। तिमध्ये १० जनाको अवस्था गम्भिर र २४ को अवस्था मध्यम रहेको उनले बताउनुभयाे। कोरोना संक्रमण स्वास प्रस्वासमा समस्या देखिएका कोरोना संक्रमितलाई मात्र आइसोलेशनमा राख्ने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *