बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ४ सय ७३ पुग्याे

बाँकेमा शनिवार ४३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। विभिन्न आइसोलेशनमा रहेका २९ पुरुष र १४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन्।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ४ सय ७३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयाे।

अब आइसोलेशनमा बाँकेका १ सय ३६ र अन्य जिल्लाका ४७ गरी १ सय ८३ जना रहेका छन्। हालसम्म बाँकेमा ३ हजार ६ सय ४६ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३७ जनाको मृत्युु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *