मंसिर १३ गते हुने बाँके जिल्ला अदालत बार एसोसियसनको निर्वाचनका लागि अध्यक्ष बाहेक सबै पदमा डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को मात्र उम्मेदवारी परेको छ।
अध्यक्ष पदमा डिएलएका तर्फबाट जनक बहादुर शाहीका अतिरिक्त घनश्याम पराजुलीको पनि उम्मेदवारी परेको हो। बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो। निर्वाचन अधिकृत केवलसिंह थारुका अनुसार उपाध्यक्षमा पुनम श्रेष्ठ, सचिवमा गणेश प्रसाद थारु र कोषाध्यक्षमा डा. कौशल कुमार वर्माको उम्मेदवारी परेको छ।
त्यस्तै सदस्यहरुमा किशोर बहादुर थापा, मिरा ददेल, जय प्रसाद पौडेल, कृष्ण कुमार श्रेष्ठ, अकबर अलि इद्रिसी, राजेन्द्र प्रसाद शर्मा र रामनाथ साहुको उम्मेदवारी परेको निर्वाचन अधिकृत थारुले जानकारी दिनुभयो। उहाँका अनुसार उम्मेदवारको नाममा दाबी विरोधको समय पनि बुधबार नै राखिएको थियो।
अब ११ गते ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले फिर्ता लिन सक्ने समय तोकिएको छ। त्यस्तै ११ गते नै २.३० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्ला बारमा ३७ जना मतदाता छन्। मंसिर १३ गते विहान ११ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ। जिल्ला बारमा डिएलएको बर्चश्व रहँदै आएको छ।