बर्दियाको बढैयातालमा भोली सार्वजनिक विदा


बर्दियाको बढैयाताल गाउँपालिकाले रक्षाबन्धनको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आज सूचना प्रकाशित गर्दै सोमबार १९ गतेमा दिन परेको रक्षाबन्धन पर्वका अवसरमा गाउँपालिकाभर भोली सार्वजनिक बिदा हुने सूचना प्रकाशित गरेको हो ।
रक्षाबन्धन पर्वका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले हस्तारक्षर गरी जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । सूचनामा पालिका अन्तरगतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बन्द हुने पनि जानकारी दिइएको छ ।
रक्षाबन्धन हिन्दु धर्मालम्बीका लागि अति महत्वपूर्ण पर्व हो । जनैपूर्णमा पनि भनिन्छ । विहानै नुहाएर जनैधारण गर्ने र आत्मियताको प्रतिक रक्षाबन्धन हातमा बाँधने र गाइ तिहारका दिन सो डोरीलाई गाइको पुच्छरमा बाँध्ने चलन समेत रहेको छ । यसो गरे धर्म आर्जन गर्ने मान्यता पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *