जिल्ला अदालत र मिलिटरी अस्पतालबाट संकलित स्वाबमा कोरोना संक्रमण


भेरी अस्पताल नेपालगन्जमा विगत २४ घण्टामा गरिएको कोरोना भाइरस संक्रमणको परिक्षणबाट १२ जनामा संक्रमण फेला परेको अस्पताले पुष्टि गरेको छ । अस्पताले आइतबार दिउसो ४ बजेर ३० मिनेटमा सार्वजनिक गरेको सूचनामा जिल्ला अदालत बाँकेबाट संकलित स्वाबमा ५ जना पुरुष रहेका छन् ।
संक्रमित हुनेमा नेपालगन्जका वडा नं. ६ का ४० वर्षिय पुरुष, नेपालगन्जका वडा नं. १८ का ४६ वर्षिय पुरुष, नेपालगन्जका वडा नं. ७ का ५५, वर्षिय पुरुष, खजुराका २२ बर्षिय पुरुष र भेरी नगरपालिका वडा नं. ३ सुर्खेतका पुरुष हुनु हुन्छ । उहाँहरु सबै जनाको अदालतबाट स्वाब संकलन गरिएको थियो ।
यसैगरी श्री मिलिटरी अस्पताल राँझाबाट संकलित नमूनामा ३ जनामा संक्रमण पुष्टि भएको छ । जस मध्ये नेपालगन्जका वडा नं. २० का ३३ वर्षिय पुरुष, चिकित्सक नेपालगन्जका वडा नं. २० का ३४ वर्षिय पुरुष हुनु हुन्छ । राँझाबाट संकलित स्वाबमा बर्दिया गुलरिया नगरपालिका वडा नं. ५ का २३ वर्षिय पुरुसमा संक्रमण पुष्टि भएको हो ।
अस्पतालले आइतबारनै सार्वजनिक गरिएको सूचनामा बाँकेको खुजरा गाउँपालिका वडा नं. ६ का ३७ बर्षिय पुरुस, कैलाली टिकापुर नगरपालिका वडा नं. १ का ३२ बर्षिय चिकित्सकमा कोरोना संक्रमण फोला परेको छ । अस्पतालका अनुसार कैलाली टिकापुर नगरपालिका वडा नं. १ का २६ बर्षिय पुरुषमा समेत कोरोना संक्रमण भएको सूचना सार्वजनिक गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *