रक्षाबन्धन पर्वकाे अवसरमा सुदूरपश्चिम सरकारले सार्वजनिक बिदा दियाे

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा हुने भएको छ। रक्षाबन्धन पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको हो।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले रक्षाबन्धन पर्वमा सर्वाजनिक बिदा दिने निर्णय यसअघि नै भइसकेको बताउनुभयो।

२०७७ सालका सार्वजजिक बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको सूचना अधिकारी जोशीले बताउँदै रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिएको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *