बाँकेमा तिन दिनसम्म निषेधाज्ञा

बाँकेमा कोरोना भाईरस (कोभिड (१९) को संक्रमण बढ्दै गएपछि आजबाट स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । गत बिहिबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आईतबारदेखी तिन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
लकडाउन खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि निषेधाज्ञा लगाउनुपर्ने अवस्था आएको स्थानीय प्रशासनले जानकारी गराएको छ ।
अति आवश्यक काम बाहेक घरबाहिर ननिस्किन प्रशासनले अनुरोध गरेको छ । यसका साथै सबै सार्वजनिक र व्यक्ति सवारीका साधन समेत बन्द गरिएको छ । प्रशासनले सूचना प्रकाशित गर्दै तोकिएका भन्दा अन्य गतिविधि भएका कानुन कारवाही हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *