डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बृद्धि


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिनु भयो ।
नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।
अगष्ट १ मा भारतीय आयल कर्पाेरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमको स्पष्टीकरण छ ।
जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको प्रवक्ता उपाध्यायले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *