अध्यक्ष कोईरालाद्वारा चियापान


बाँके÷नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोईरालाले नयाँ वर्षको अवसरमा चियापान कार्यक्रम गरेका छन् । नयाँ वर्षको अवसरमा गरिएको चियापान कार्यक्रमले दुई पार्टीबीच एकताको सन्देश दिने र कार्यकर्ताबीच एकता र आत्मियता साटासाट गर्ने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष कोईरालाले बताए ।
कोहलपुरस्थित आफ्नै निवासमा गरिएको चियापान कार्यक्रममा संघ र प्रदेशका सांसदहरु विभिन्न राजनीतिक दलका जिल्लास्थित नेतृत्वतहका नेताहरु, प्रशासन र कार्यालय प्रमुखहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका वारेमा अध्यक्ष कोईरालाले यो नियमित नभई विशेष परिस्थितिमा विशेष उद्देश्यका लागि साथीहरुसँग शुभकामना आदान प्रदान कार्यक्रमका लागि राखिएको हो । राजनीतिक उद्देश्य भन्दा पनि आत्मियता र परम्परालाई घनिभूत बनाउने मेरो चाहना हो ।
कार्यक्रममा एमाले उपाध्यक्ष निरक गुरुङ्ग, काँग्रेस पार्टी सभापति किरण कोईराला, प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज, जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादव लगायत, एमाले जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *