प्रधानमन्त्रीले राराबाट सम्बोधन


मुगु । नयाँ वर्ष २०७५ को पहिलो दिन बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा ताल किनारबाट देशवासीको नाममा सम्बोधन गर्दै आगामी पाँच वर्ष्भित्र सबैले अनुभूत गर्ने गरी देशको मुहार बदल्ने घोषणा गरे ।
नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सवमा सहभागी हुन प्रधानमन्त्री ओली मुगु आएका हुन् । नेपालकै ठूलो रारा तालको डिलमा नयाँ वर्षको झुल्के घामसँगै एउटा कुर्सी राखिएको थियो । दायाँतिर राष्ट्रिय झण्डा टाँगिएको थियो । राराको डिलमा स्थानीयहरु हिँडिरहेका देखिन्थे । हेलिकोप्टर चढेर रारा पुगेका मन्त्रीहरु पनि छेउमा थिए । प्रधानमन्त्री ओलीले भावनामिश्रित १८ पन्ने लिखित सम्वोधन गरे ।
प्रधानमन्त्रीले सम्वोधन गरिरहँदा पृष्ठभूमिमा देखिने कञ्चन तालमा बोटिङ भइरहेको थियो । बसन्त ऋतुमा पालुवा फेरेको हरियो वन र हिउँले टल्किएको हिमालको दृष्य मनमोहक थियो ।

फाटो अनलाइन खबरबाट

रारा ताल किनारमा सेनाको हेलिकोप्टर थियो । हेलिकोप्टर वरपर झुम्मिएर ओलीको प्रत्यक्ष सम्वोधनबाट समाचार बनाउने केही पत्रकारहरु पनि थिए । उनको सम्वोधन सुन्ने सर्वसाधारणहरु अलिपर उचो स्थानमा बसेका थिए ।
सरकारका केही मन्त्री र दोस्रो वरियताका केही नेताहरुलाई दायाँवायाँ राखेर ओलीले देशवासीको नाममा सम्वोधन गरे । उनले कर्णाली क्षेत्र समृद्ध भएमात्रै सिंगो नेपालको समृद्धिले सार्थकता पाउने बताए ।
मुगु जिल्लामा रहेको रारा ताल नेपालकै सबैभन्दा ठूलो ताल हो । यो समुन्द्री सतहबाट २ हजार ९७२ मिटर उचाइमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *