नेपालगन्ज जेशिस सप्ताह सुरु

बाँके । नेपालगन्ज जेसिशले आज देखि सप्ताह साताव्यापी जेशिस सप्ताह कार्यक्रमको सुरुवात गरेको छ । नेपालगन्ज जेशिसको विधान अनुसार यो कार्यक्रम नियमित रुपमा गर्दै आएको पूर्व अध्यक्ष  भेषराज भुसालले जानकारी दिए । नेपालगन्ज जेशिसको स्थापनाकाल देखि नै विभिन्न प्रकारका सामाजिक हित र नागरिक सरोकारका विषयमा काम गर्दै आएका छ ।

नेपालगन्ज जेशिसका अध्यक्ष अर्जुन भट्टराईका अनुसार नेपालगन्ज जेशिसले वातावरणी पक्ष, सामाजिक हित, स्वास्थ्य उपचार तथा नेतृत्व विकासका विभिन्न पक्षमा जेशिस सप्ताह अन्र्तगत कार्यक्रम गर्ने वताए । सधै बैसाख १ गते देखि ७ गते सम्म विविध कार्यक्रम गर्दै आएको जेशिसले अग्रजहरुको सल्लाहमा यस वर्ष सात कार्यक्रम १५ दिनमा गर्ने भएको छ ।

जेशिसले आज वृक्षा रोपन कार्यक्रम गरी जेशिस सप्ताहको कार्य आरम्भ गरेको छ । आफ्ना अग्रज अध्यक्ष र सदस्यहरुको सहभागितामा यो कार्यक्रम गरेको थियो । यसैगरी जेशिस सप्ताह अन्र्तगत योग प्रशिक्षण, रक्तदान, ट्राफिक सचेतना, निःशुल्क आँखा शिविर, निःशुल्क स्वास्थ्य उपचार शिविर लगाएतका  सामाजिक कार्य गर्ने भएको छ । यो सप्ताह बैशाख १५ गते सम्पन्न हुने भएको छ ।

जेशिस सप्ताह कार्यक्रममा नेपालगन्ज जेशिसका पूर्व अध्यक्ष, वर्तमान कार्य समितिका सदस्य र सबै जेशिस सदस्यका सक्रिय सहभातिा रहने पूर्व अध्यक्ष भुसालले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *