जनप्रतिनिधिसँग जनजागरण समाज


बाँके । जनजागरण समाज खजुरा संचालन गर्दै आएका कार्यक्रमको विषयमा आज जनप्रतिनिधिहरुसँग विगतका कार्यक्रमको समिक्षा र आगमी बर्षको कार्यक्रमका बारेमा जानकारी तथा सुझाब लिन एकदिने कार्यक्रम सम्पन्न गरेको छ ।

बाँके जिल्लामा नागरिक कार्यसञ्जालद्वारा गठित सबै भन्दा ठूलो नागरिक सञ्जाल रहेको जनजागरण समाज २०५९ सालमा स्थापना भएको हो । यस संस्थाले ग्रामिण स्तरका गरिब, विपन्न, पछाडी पारिएका दलित, अल्पसंख्यक, मधेसी, मुस्लिम, महिला र विपन्न परिवारका नागरिकलाई संगठित गर्दै उनीहरुको पहलमा काम गर्ने गर्दछ । जनजागरण समाजका अध्यक्ष होमराज कुर्मीले हाम्रा लक्षित वर्गको पक्षमा सकारात्मक विभेदका आधारमा काम गर्ने हाम्रो उद्देश्य हो । हामी दलगत राजनीतिकबाट पूर्ण रुपमा टाढा रहने र अति गरिब परिवारको पक्षमा मात्रै काम गर्ने गर्दछौं । नागरिक आफ्ना अधिकारबाट बन्चित छन् उनीहरुको पक्षमा वकालतका साथै राज्यलाई सहयोग पुग्ने गरी काम गर्ने गरेको अध्यक्ष कुर्मी जानकारी गराए ।

जनजागरण समाजले जानकी र खजुरा गाउँपालिकाका ७ वडाका अति विपन्न परिवारलाई संगठित गर्दै उनीहरुको पक्षमा काम गर्दै आएको कार्यक्रम व्यवस्थापक रामबहादुर पुनले जानकारी गराए । जनजागरण समाजको कार्यक्षेत्र जानकी गाउँपालिकाका वडा नं.१ साईगाउँ, २ वेलभार, ३ इन्द्रपुर र ५ वेलहरीमा र खजुरा गाउँपालिकाको वडा नं. ७ सोनपुर, ८ र ३ रनियापुर र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरका गरिब परिवारको पक्षका काम गर्दछ ।

ग्रामिण क्षेत्रका नागरिकको शिक्षा, स्वास्थ्य, आय आर्जनका साथै कृषकका लागि वीउ, उन्नजातका पशु सहयोग कार्यक्रम शान्ति स्थापनार्थ सहजीकरण लगाएतका विषयलाई प्राथमिकता दिएर आगमी वर्षका लागि कुल ९५ लाख ३९ हजार ५ सयको अनुमानित बजेट र कार्यक्रमको बारेमा जनप्रतिनिधिहरु जानकारी दिइएको थियो । यस बर्ष संस्थाले दिगो जीविकोपार्जनका लािग स्थानीय अग्रसरता, दिगो विकासका लागि स्थानीय सामुदायिक कार्यक्रम र सहकारी विकास र व्यवस्थापन कार्यक्रममा गर्ने निर्देशक पुनले वताए ।

यस समाजमा १३३ समूहमा २५ सय ९७ घर धुरीका नागरिक संगठित भएका छन् । १८१८ महिला र ७७९ पुरुष सदस्य रहेका छन् ।
समन्वय बैठकमा सरकारी र गैरसकारी क्षेत्रबाट हुने र गरिने कामलाई एकरुपता ल्याउन खाँचो रहेका जनप्रतिनिधि सुझाब दिएका छन् । जानकी गाउँपालिका उपाध्यक्ष भुमिसर धितालले जनजागरण समाजले गरेका कामको आर्थिक र कार्यक्रमिक सबै अभिलेख गाउँपालिकालाई जानकारी गराउनु पर्ने र गाउँपालिका र समाजले गरेका काममा एकरुपता ल्याउनु पर्ने आवश्यक छ । आगमी दिनमा दुबै पक्षले काम गर्दा कोही नागरिक नछुटोस् र कोही नदोहोरियो भन्नेमा सबै पक्षले ध्यान दिनु पर्ने सहभागिको भनाई रहेको थियो । खजुरा गाउँपालिका वडा अध्यक्ष कान्तु गौतमले एकिकृत रुपमा काम गर्नु पर्ने आवश्यक छ । यसरी टुक्रे काम गर्दा सेवाग्राहीले सही सेवा नपाउने भएकाले सही सूचनाका आधारमा सही काम गर्न अबको आवश्यकता रहेका वताए ।

कार्यक्रममा र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ अध्यक्ष अजय पाठक, जानकी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रीका प्रसाद गुप्ता लगाएका जनप्रतिनिधिले आफ्ना सुझाव र विचार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *