बाँके। नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ वुधवार खुला दिसामुक्त वडा घोषणा गरिएको छ। यो सँगै अब नेपालगन्ज पमहानगरपालिकामा २१ वटा वडा खुला दिसामुक्त घोषणा भएको छ।
२३ वडा रहेको उपमहानगरपालिकामा वडा नं ११ मा रहेका ८ सय ३१ घरधुरी सबैले शौचालय निर्माण गरेपछि वुधवार मेयर डा. धवलशमसेर राणाले यस वडालाई खुला दिसामुक्त वडा घोषणा गरेको वडा अध्यक्ष उज्जवलसिंह राठोरले जानकारी दिए। अव वडा नम्वर १८ र २२ लाई खुला दिसामुक्त घोषणा गर्न बाँकी छ ।
यही चैत मसान्तसम्म उपमहानगरपालिकालाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्यका साथ वुधवार वडा नम्वर ११ लाई खुला दिसामुक्त घोषणा गरिएको उपमहानगरपालिकाले जनाएको छ ।