बाँके । बाँके जिल्ला क्रिकेटका लागि पश्चिम क्षेत्रको राम्रो सम्भावना भएको क्षेत्र हो । यहाँ वितगका दिन रात्रीकालिन क्रिकेट हुने नेपालको एक मात्रै स्थानले चिनेने गर्दछ । क्रिकेट खेल्ने र पारखीको उर्वर क्षेत्रको रुपमा बाँके जिल्ला चिरपरिचित हुँदा हुँदै पनि यहाँ ठूलो धनराशी र चर्चामा पाउने खेल नभई रहेको समयमा अब क्रिकेट पारखीका लागि बैशाख ३ गते देखि स्थानीय क्रिकेटको धोको मेटाउने भएका छन् ।
बाँकेको कोहलपुरमा हुने ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिताका लागि ६ वटा टिमबीच संझौता भएको छ । २०७५ बैशाख ३ गतेबाट सुरु हुन गईरहेको क्रिकेट प्रतियोगिताको सम्झौता पत्र हस्तान्तरण गरिएको छ ।
प्रदेश नम्बर ५ मा पहिलो पटक गत चैत २० गते भएको टिम अक्सनबाट टिम खरिद गरिएका जीसान बांँके ब्लास्टर, आर्शिवाद पेन्ट्स पाल्पा, अर्घाखाँची सिमेन्टस बर्दिया टाईर्गस, अर्जुन पाण्डेको दंगाली गोर्खाज, पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज, एयाब्रोल लुम्बिनी यात्रीजका प्रतिनिधिहरुबीच सम्झौतापत्रमा आयोजक ग्रीन ईभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफी एराकीले हस्तान्तरण गरेका हुन । यो सम्झौता पत्र एक वर्षको रहेको छ । यसैगरी सोही कार्यक्रममा सबै टिमका प्रशिक्षकहरुको नाम समेत सार्वजनिक गरिएको छ । यस अघि प्रत्येक टिमका कप्तानहरुको नाम सार्वजनिक गरि सकेको छ ।
क्रिकेटमा लामो समय देखि प्रशिक्षकको रुपमा सक्रिय राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक र नेपालका लागि विश्वकप छनौट प्रतियोगितामा समेत नेपालको प्रशिक्षकको रुपमा प्रतिनिधित्व गरी सकेका दिपेन्द« प्रताप सिंह एयाब्रोल लुम्बिनी यात्रीकालिनका प्रशिक्षक नियुक्त भएका छन् ।
विभिन्न राष्ट्रिय प्रतियोगितामा यस क्षेत्रबाट टिमलाई प्रतिनिधित्व गरी सक्नु भएका बर्दियाका दुर्गा सेन जीसान बांँके ब्लास्टरका प्रशिक्षक नियुक्त भएका छन् । आर्शिवाद पेन्टस् पाल्पाका प्रशिक्षक ईरफान हुसैन सैयद, अर्घाखाची सिमेन्टस र बर्दिया टाईर्गसका लागि पुर्व क्रिकेट खेलाडी समेत रहिसकेका दाँङ्गका सन्जु क्षेत्री नियुक्त भएका छन् ।
त्यसैगरी अर्जुन पाण्डेको दंगाली गोर्खाजका लागि दाँङ्गकै पूर्व खेलाडी रहिसकेका रुपेश शर्मा र पप्पु कनस्ट्रकसन रोल्पा गोरिल्लाजका लागि महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक रहिसकेका जमिल अहमद अन्सारी नियुक्त भएका हुन् ।
सोही अवसरमा छ वटै टिमको गीत सार्वजनिक गरिएको छ । टी–२० फरम्याटमा खेलाईने खेलका लागि प्रत्येक टिमको सन्देश गीत समेत सार्वजनिक गरिएको छ । नेपालगन्ज कपको भिडियो र गीत यस अघि नै सार्वजनिक भैसकेको छ । कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको तयारी मध्य चरणमा पुगेको आयोजक ग्रीन ईभेन्टोका ईभेन्ट डाईरेक्टर सौगात विक्रम शाहले बताए । प्रतियोगिताको विजेताले एक लाख दस हजार तथा उप विजेताले साठी हजार पाउने छन् ।