जिभिएनले बिद्यार्थीलाई छात्रबृद्धि दिने


बाँके । नेपालगन्ज—१२ चारवाहिनीरोडस्थित ज्ञानोदय बिद्या निकेत ( जिभिएन)ले जिल्लामै पहिलो पटक आफ्नो बिद्यालयका बिद्यार्थीहरुलाई छात्रबृद्धि बितरण योजना सार्वजनिक गरेको छ । बिद्यालयमा २०७५ का लागि भर्ना हुने बिद्यार्थीहरुका लागि शतप्रतिशत छात्रबृद्धि दिइने प्राचार्य मानबहादुर थापाले जानकारी दिएका छन् ।
प्राचार्य थापाका अनुसार, कक्षा १ देखि ९ सम्ममा २० जना बिद्यार्थीहरुलाई शतप्रतिशत छात्रबृद्धि प्रदान गरिने छ । दलित, मधेसी, जनजाती, फरक क्षमता भएका, मुस्लिम, शहिद परिवार, गरिव र जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृद्धि दिइनेछ । बिद्यालयका अनुसार उनीहरुलाई थप कक्षामा अध्ययनका लागि पनि प्रोत्सहान गरिने छ । ज्ञानोदयको प्लस टु समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *