ज्ञानोदय बिद्या निकेतन (जिभिएन)ले बार्षिकोत्सव मनायो ।


बाँके । नेपालगन्जको शिक्षा क्षेत्रका महत्वपूर्ण योगदान दिदै आएको ज्ञानोदय बिद्या निकेतन (जिभिएन)ले आज विद्यालयको २२ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको बार्षिकोत्सव कार्यक्रममा आफ्ना विद्यालयको बारेमा जानकारी गराउदै प्राचार्य मानबहादुर थापाले ‘हामी शैक्षिक गुणस्तर बृद्धि गरी बिद्यार्थीहरुको क्षमता बढाउन तिब्ररुपमा विद्यालय परिवार लागेका बताए ।’ प्राचार्य थापाका अनुसार हाम्रो बिद्यालयलाई आगामी दुई वर्ष्भित्र हरेक गतिबिधिमा जिल्लाकै सर्बोत्कृष्ट बनाउने लक्ष्य सहित अघि बढ्ने उनको दावी रहेको छ । विद्यालयलाई प्रविधि मैत्री बनाउदै प्रतिस्पर्धालाई स्वीकार गर्ने बताएका छन् ।

ज्ञानोदय बिद्या निकेतन (जिभिएन) विद्यालयका नामले नेपालगन्जमा चिनिन्छ । यस विद्यालयमा प्लस टु सम्म अध्यापन गराइन्छ । यो विद्यालय अध्यापनका साथै अनिरिक्त क्रियाकलापमा पनि जिल्लाकै अब्बल विद्यालयमा पर्दछ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर ज्ञवालीले कम शुल्कमा आफ्नो बिद्यालयले गुणस्तरीय शिक्षा दिइरहेको बताए । कम आर्थिक स्रोत भएका अभिभावकले समेत आफ्नो विद्यालयमा बालबालिका पढाउन सक्ने कुरा बताए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख इश्र्वर पौडेलले सबै बिद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।

बार्षिकोउत्सव कार्यक्रममा बिद्यालय सन्चालक सदस्य केपी घिमिरे, तोजेन्द्र बिक लगायतले बिद्यालयलाई सर्बोत्कृष्ट बनाउन प्रतिबद्धता जनाए । वार्षिकोउत्सव कार्यक्रममा बिद्यार्थीहरुले साँगितिक कार्यक्रमहरु प्रस्तुत गर्नुका साथै सम्मानको कार्यक्रम समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *