शनिबारदेखि खजूरा गाउँपालिकामा शहीद सेतु विक स्मृति क्रिकेट प्रतियोगिता सञ्चालन हुने

बाँके-बाँकेको खजूरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा शनिबारदेखि शहीद सेतु विक स्मृति क्रिकेट प्रतियोगिता सञ्चालन हुदैछ ।
न्यू दर्पण युवा क्लब ईगाउँको आयोजनामा हुने प्रतियोगितामा यस क्षेत्रका १६ वटा क्लबको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष दलबहादुर बिसीले जानकारी दिए ।
अध्यक्ष बिसीका अनुसार, प्रतियोगितामा प्रथमलाई ७५ हजार ५५५ र द्धितिय हुने समूहलाई ४१ हजार ५५५ हजार नगद , शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ । ईगाउँस्थित मनकामना नेपाल राष्ट्रिय आधारभुत विद्यालयको खेल मैदानमा शनिबार दिउसो खजूरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले प्रतियोगिताको उद्घाटन गर्नेछन् । शहीद सेतु विकको जन्मस्थानमा न्यू दर्पण युवा क्लबले बर्षेनी क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *