काठमाण्डौं-सुर्खेतको सिधा उडानका लागि ठुलो बिमानको परिक्षण

बुद्ध एयरले आज सुर्खेत बिमानस्थलबाट ठुलो बिमानको परिक्षण उडान गरेको छ । काठमाण्डौं—सुर्खेतको सिधा उडानका लागि ठुलो जहाज चल्न सक्छ की सक्दैन भन्ने बुझ्नका लागि परिक्षण उडान भएको हो । ठुलो जहाज सन्चालन हुने अवस्था आए यात्रुहरुले कम भाडा तिर्नुपर्ने अवस्था आउने बुद्ध एयर नेपालगन्ज स्टेशन प्रमुख बिनित बिक्रम शाहले बताए । सानो जहाज सन्चालन हुंदा भाडादर धेरै हुन जान्छ । संघीय सरकारले कर्णाली प्रदेशसंग राजधानीको सिधा हवाई सम्पर्क जोड्नका लागि पहल गरे लगत्तै यो काम भएको हो । अहिलेसम्म सुर्खेतबाट मध्य तथा सुदुरपश्चिमका पहाडी जिल्लामा कार्गो र यात्रु बोक्ने जहाजहरु उड्ने गरे पनि राजधानी लगायतका जिल्लाहरु जोडिएका थिएनन् । त्यसका लागि सुर्खेतबाट नेपालगन्ज आएर प्लेन चढ्नुपर्ने बाध्यता थियो । अब भने त्यो बाध्यता हट्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *